Connecting People in USA
HEALTH

views - 1496

03-19-2022 Name : यो विज्ञापन हैन तर हामीलाई काम लाग्ने विषय हो। Jackson Heights New York United States

~~ हार्दिक धन्यवाद ~~ विदेशमा रहँदा दॉतको समस्याले अलि बढि नै दु:ख दिने रहेछ। त्यसमाथि आफूसँग दॉतको Insurance छैन भने अझै धेरै समस्या हुने रहेछ। दुई बर्ष अघि बङ्गराले दु:ख दियो। उपचारमा जॉदा Dentist ले झिक्नु उपयुक्त भन्यो र उखेल्यो। यसपाली फेरि अर्को बङ्गरा र अघिल्लो दॉतले दु:ख दियो। निवास नजिकैको Dental Clinic मा गएँ। X-Ray गऱ्यो र उपचार खर्च बतायो। एक्स रे - $३५ Root Canalling- $४९५ Crown - ५९० Visit charge -$९५ तीन पटक सम्म जानुपर्ने। उसको चार्ज देखेर ऑखामा झल्लझली यही पेजमा भेटिएको visiting card को याद आयो र बिना उपचार त्यहॉबाट निस्किएँ। बाहिर निस्किएर कार्डमा उल्लेखित नम्बरमा फोन गरें। उताबाट नाम टिपियो र १० देखि ७ बजेसम्मको समय दियो। भोलिपल्टै त्यहॉ पुगें। करिब दुई घण्टा कुरेर $१०० मा RCT गराएँ र $३० मा filling गराएँ। न बारम्बार गैरहनु पर्ने झंझट , न महँगो सेवा। सस्तोमा सजिलो सेवा लिएँ र आनन्द मानें। दॉतको समस्या समाधान गर्न उपाय बताउने यस पेजका सदस्यहरूलाई हार्दिक धन्यवाद छ। यो विज्ञापन हैन तर हामीलाई काम लाग्ने विषय हो।


Please login to comment.
Welcome to New York Nepali site